युनाईटेड इदी मर्दीले हकप्रद शेयर निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


काठमाडौँ । युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई चयन गरेको हो ।

सम्झौतापत्रमा युनाईटेड इदी मर्दी एण्ड आ.बि.हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् ।

कम्पनीको गत चैत्र ११ गते सोमबारको दिन सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । विगत ३ वर्षदेखि लगातार लाभाशं वितरण गर्दै आएको यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । हकप्रद शेयरको निष्काशन पश्चात् कम्पनीको जारी तथा चुक्ता ९२ करोड १६ लाख रुपैयाँ हुनेछ ।

यस कम्पनीले कास्कीमा ७ मेगावाट मर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७६ साल आश्विन देखि व्यवसायिक रुपमा उत्पादन गरीरहेको छ । साथै, यस कम्पनीले हकप्रद शेयर जारी गरी सो बाट प्राप्त रकमलाई अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना समेत बनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।