काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच बिदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको छ ।
उनीहरुबीच उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रिटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो ।
उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधान का लागि आफु लागि परेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको राजदूत पौडेलले जानकारी दिए । पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।












प्रतिक्रिया