नेप्सेमा ३९ अंकको करेक्शन, जलविद्युत बाहेक सबै उपसमूहका सूचकमा रातो पोतियो

0
Shares

शेयर बजार परिसूचक मापक नेप्सेमा बुधबार ३९.६० अंकले घटेर १ हजार ९५५ दशमलव ७५ अंकमा बन्द भएको छ । कारोबारमा आएका जलविद्युत बाहेक बाँकी एघार वटै उपसमुहका सूचक ओरालो लागेपछि नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

नेप्सेमा आएको गिरावटसँगै पछिल्ला दिनहरुमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ । समग्रमा शेयर बजार सुस्त बन्दै गइरहेको छ । बुधबार कारोबार रकम ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा खुम्चिएको छ । आज २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता शेयर ४६ हजार ४७५ पटक खरीद बिक्री भएका छन् । मंगलबार ५ अर्ब ७१ करोड ९४ लाख, सोमबार ६ अर्ब ६६ करोड ७९ लाख र आइतबार ७ अर्ब २० करोड ९१ लाख रुपैयाँ बढीको शेयर करोबार भएको थियो ।

आज ब्यापार उपसमूहको सूचक ४.८७ प्रतिशतले घट्दा बैंकिङ्ग, होटल, निर्जीबन बीमा, लघुवित्त, जीबन बीमा, उत्पादन तथा प्रशोधन, अन्यको सूचक २ प्रतिशत बढीले घटेको छ । म्युचुअल फण्ड, विकास बैंक र वित्तको सूचक पनि आरालो लागेका छन् । जलविद्युतको सूचक भने १.२५ प्रतिशतले बढेको छ ।

  • पुनर्बीमा कम्पनीको उच्च कारोबार

आजको बजारमा पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको ४२ करोड ४२ लाख ७२ हजारको शेयर कारोबार भएकोमा शेयरमूल्य भने ६५ रुपैयाँले घटेर १५४० रुपैयाँमा झरेको छ ।

यस्तै दोस्रो ठूलो कारोबार भएको अपर तामाकोशीको २५ करोड ९४ लाख, अरुण काबेली २३ करोड २१ लाख र नेपाल लाइफको २० करोड २६ ालखको शेयर कारोबार भयो । रसुवागढी हाइड्रोपावर, नेपाल बैंक, एनटिसी, शिवम् सिमेन्टस्, आईएमई जनरल इन्स्योरेन्स, र नागरिक लगानी कोष शीर्ष कारोबार हुने दश कम्पनीभित्र परेका छन् ।

Symbol Turnover Closing Price
As of 2020-12-09 15:00:00
NRIC 424,272,903.00 1,540.00
UPPER 259,462,622.00 527.00
AKPL 232,174,798.00 276.00
NLIC 202,654,856.00 1,834.00
RHPL 130,833,227.00 337.00
NBL 127,657,150.00 391.00
NTC 124,434,871.00 1,170.00
SHIVM 107,321,479.00 1,179.00
IGI 102,450,849.00 601.00
CIT 101,999,823.00 4,748.00
  • नारायणी र साञ्जेनमा सकारात्मक सर्किट

आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक र साञ्जेन जलविद्युत कम्पनीकोृ शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।

यसैगरी रसुवागढी हाइड्रोपावर, प्रभु बैंक संस्थापक, नेपाल ल्यूब आयल, अपर तामाकोशी, राधी विद्युत कम्पनी, युनिलिभर नेपाल लिमिटेड, लिवर्टी इनर्जी र माउन्टेन हाइड्रो नेपाल लिमिटेड आजको बजारमा शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-09 15:00:00
NABBC 399.00 36.00 9.92
SJCL 311.00 28.00 9.89
RHPL 337.00 23.00 7.32
PRVUPO 150.00 10.00 7.14
NLO 249.00 11.00 4.62
UPPER 527.00 23.00 4.56
RADHI 306.00 10.00 3.38
UNL 19,600.00 627.00 3.30
LEC 220.00 7.00 3.29
MHNL 207.00 6.00 2.99
  • अरुण भ्याली र हिमालयन उर्जाको मूल्यमा उच्च गिरावट

आजको बजारमा अरुण भ्याली र हिमालयन उर्जाको मूल्यमा उच्च गिरावट आएको छ । दुबैको शेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।

यसैगरी साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, कालिका पावर, बिशाल बजार कम्पनी, सूर्योदय लघुवित्त, मिथिला लघुवित्त, प्रभु बैंक, पुनर्बीमा कम्पनी र शिवम् शिमेन्टसको शेयरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-09 15:00:00
AHPC 255.00 -15.00 -5.56
HURJA 209.00 -11.00 -5.00
STC 5,135.00 -265.00 -4.91
KPCL 216.00 -11.00 -4.85
BBC 2,860.00 -140.00 -4.67
SLBS 1,055.00 -50.00 -4.52
MLBBL 1,085.00 -51.00 -4.49
PRVU 323.00 -14.00 -4.15
NRIC 1,540.00 -65.00 -4.05
SHIVM 1,179.00 -49.00 -3.99

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ मंसिर २०७७, बुधबार  १५ : ३९ बजे