काठमाडौँ । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। यो अफर सीमित अवधिको लागि उपलब्ध हुनेछ ।
यो अफरमा ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए(सिरिज वा एम(सिरिजका स्मार्टफोनहरू खरिद गर्दा चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी-बाइ अफरले प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ । ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर आफ्नो अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउन सकिन्छ ।
यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनाउँछन् । फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन्।












प्रतिक्रिया