अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको बोनस शेयर पाउन आज ( मंसिर २५ गते, बिहीबार) सम्म शेयरधनी बन्न आवश्यक देखिएको छ ।
कम्पनीले पुस ८ गते आह्वान गरेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर २६ गते शुक्रबार देखि शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम हुन आउने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीको मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस ८ गते ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजे साधारण भसा बोलाएको छ कोरोना संक्रमणका कारण कम्पनीले भर्चुअल माध्यमबाट सभा आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लभांश अनुमोदन गर्नेछ ।
यसैगरी २१ औं वार्षिक साधारण सभाबाट पारित १ः१ अनुपातको हकप्रद शेयरमध्ये २३ औं वार्षिक साधारण सभाबाट पारित बोसपछि कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।
हकप्रदबाट संकलित रकम काबेली बी-१ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि उपयोग हुने कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया