गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स (GMFIL) ले आफ्ना शेयरधनीलाई ११.४० प्रतिशत लाभांश घोषणा गरेको छ ।
फाइनान्स कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने कर सहित ३.४० प्रतिशत नगद गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्स सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रहेको छ । बोनस वितरणपछि फाइनान्सको चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
फाइनान्सले आव २०७५।७६ मा ६.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत आवबाट भने कम्पनीले ११.४० प्रतिशत (८ प्रतिशत बोनस र ३.४० प्रतिशत नगद) लाभांश वितरण गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया