साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेको प्रि-ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से १.१५ अंकले घटेको छ । नेप्से १.१५ अंकले घटेर १ हजार ९५४.६१ बिन्दुमा झरेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका २१ मध्ये ४ कम्पनीको शेयरमूल्य घटेको छ भने ४ को मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २१ कम्पनीका ३ हजार १२२ कित्ता शेयर १६ लाख ५८ हजार ८३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया