एथरको नयाँ मोडलको स्कुटर नेपाली बजारमा, कति पर्छ मूल्य ?


काठमाडौं । भारतीय दुई पाङ्ग्रे इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्ता जेड एमएक्स ०८ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एथरको आधिकारिक बिक्रेता वैद्य इर्नजीले उक्त स्कुटर नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्दै नेपाली बजारमा ल्याएको हो । कम्पनीले स्कुटरको मूल्य ३ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ ।

रेटेड मोटर पावर ३.३ किलोवाट क्षमताको रहेको स्कुटरमा ३.७ किलोवाट आवर (युनिट) क्षमताको व्याट्री छ । स्कुटरले फूल चार्जमा १६० किलोमिटरको रेन्ज दिने र ट्रयाक्सन कन्ट्रोलको सुविधा पाइने कम्पनीले जनाएको छ ।

५६ लिटरको बुट स्पेस रहेको स्कुटर आइपी ६७ सर्टिफाइड हो । यसको एस भेरियन्टमा ४५० एसमा भएको जस्तै डिपभ्यू एलसीडी ड्यास तथा जी भेरियन्टमा ४५० एक्स लाइन अपको जस्तै टीएफटी ड्यास छ । विभिन्न ७ रंगमा स्कुटर उपलब्ध हुने वैद्य इनर्जीले जनाएको छ ।

रिज्दामा दुई वटा जिप र स्मार्ट इको ड्राइभिङ मोडहरू छन् । जिप मोडमा धेरै पिकअप आउँछ भने स्मार्ट इको मोडमा पिकअप कम तर रेन्ज धेरै आउँछ ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।