जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौं : अर्थमन्त्री पौडेल

0
Shares

अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौं महासभालाई आज सम्बोधन गर्दै उनले भने, ‘सरकार सबैलाई सहज रुपमा कोभिड विरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।’

उनले मुलकको आर्थिक क्षेत्रमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिड विरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे।

“यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौं, अहिले कोभिडलाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ”, उनले भने।

मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोभिडका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

कोरोना कै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि प्रस्ट पारे । उनले कोभिडसँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मक रुपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई अपिल गरे।

नाफिजका अध्यक्ष सीताराम भट्टराईले पत्रकारको हकहित, क्षमता वृद्धिसँगै समग्र देशको आर्थिक क्षेत्रको विकासमा सहयोग प¥याउने गरी संस्थाले काम गर्दै आएको बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार  १५ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।