आरएसडिसी लघुवित्तको साधारण सभा आह्वान, पुस १० गते बुकक्लोज

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको मंसिर २८ गते आइतबार सम्पन्न सञ्चालक समितिको १०६ औं बैठकले पुस २४ गते बुटवलमा सातौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल ६७ करोड १५ लाख २२ हजार ७२० रहेको चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि ७३ करोड १९ लाख ५९ हजार ७६५ रुपैयाँ पुग्नेछ ।

लघुवित्त सञ्चालक समितिको बैठकले साधारण सभा प्रयोजनका लागि पुस १० गते शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

यस अनुसार पुस ९ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  ११ : ४६ बजे