जनउत्थान लघुवित्तको बोनस शेयर सूचीकृत

0
Shares

जनउत्थान लघुवित्त वित्तीय संस्था (JSLBB) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।

लघुवित्तले अघिल्लो आव २०७५।७६ बाट वितरण गरेको चुक्ता पूँजीको २५ प्रतिशत बराबरको १ लाख ५८ हजार ४०० कित्ता शयर सूचीकृत भएको हो ।

लघुवित्तको गत असार २७ गते सम्पन्न नवौ वार्षिक साधारण सभाले चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत बोनस अनुमोदन भएको थियो। बोनसपछि लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख पुगेको छ ।

उक्त बोनस साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गरेको अघिल्लो दिनसम्म कायम अर्थात २०७६ चैत १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  १४ : २३ बजे