घरपालुवा जनावरको खाना उत्पादन गर्ने कम्पनी हिमालयन डगच्यु संसारकै उत्कृष्ट ब्राण्ड

0
Shares

वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ ।

वेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उद्योगहरुको गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धामा यस पटक अष्ट्रियाको राजधानी भिएनास्थित राष्ट्रपती भवनमा भएको थियो ।

कार्यक्रममा वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)का अध्यक्ष रिचार्ड रोवल्स र सिइओ पेटर पेकले हिमालयन डगच्युका अध्यक्ष्य सुजनकुमार श्रेष्ठ र निर्देशक निशेस श्रेष्ठलाई अवार्डबाट सम्मानित गरिएको थियो ।

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्युको घरपालुवा जनावरहरुको खानाको न्याचुरल ट्रिट्स क्याटवोरी मा २०१९–२० को एनिमल एडिसनमा उत्कृष्ट हुन सफल भएको छ । अमेरिका, चिन, रसिया, वेलायत, जर्मन, भारतलगायतका एक सय पचास भन्दा वढी देशका सहभागिता रहेको थियो । ३० लाख भन्दा वढी उद्योगले ४० विधामा प्रतिष्पर्धा भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको विश्वस्तियता र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफु र आफ्ना कर्मचारीहरु झन उत्साहित भएको वताए । १५वर्ष अघिको सपना यस अवार्डले पूरा गर्न तर्फ मद्धत गरेको भन्दै आगामी दिनमा अझ मेहनत गर्दै जाने समेत वताए ।

सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो । सन् २००७ वाट व्यवसायीक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो । सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरि निर्यात गर्दै आएको छ ।