चिलिमे जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

0
Shares

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) को शेयरमूल्य समायोजन भएको छ ।

गत आवको नाफाबाट प्रस्ताव गरेको दश प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मंसिर २९ गते सोमबार कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले दश प्रतिशत बोनसपछि प्रतिकित्ता ५७० रुपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ । आइतबार प्रतिकित्ता ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको शेयरमूल्यालाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।

यसअनुसार सोमबार समायोजित शेयरमूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

गत आवको नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्न कम्पनीले पुस १२ गते २४ औँ वार्षिक साधारण सभाआह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार  ०९ : ३२ बजे