सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
अघिल्लो आव २०७५/७६ बाट बैंकले २ प्रतिशत बोनस र ४.७५ प्रतिशत लाभांश गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आवको तुलनामा बैंकको लाभांश बढेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया