बीमा र ब्यापारमा लगानीकर्ताको आकर्षण, लघुवित्त र अन्यमा पनि चमक

0
Shares

शेयर बजार परिसूचक नेप्सेले गति लिएको छ आइतबार ४६ अंकले बढेको बजार सूचक सोमबार थप ५६ अंकले बढेको छ । दुई दिनमा नै एक सय अंक बढीले बढेको बजारमा बीमा र ब्यापार उपसमूहका कम्पनीहरुको शेयरको माग उच्च देखिएको छ भने लघुवित्त र अन्य उपसमूहको सूचकमा पनि राम्रै चमक देखिएको छ ।

सोमबार नेप्से सँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । आइतबार ४ अर्ब ८९ करोडको शेयर कारोबार भएकोमा आज २ अर्ब ३१ करोडले वृद्धि हुँदै कारोबार रकम ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँ पुगेको छ ।

आज २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर ५७ हजार ८७ पटक खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये जलविद्युत बाहेक सबैमा उच्च बढोत्तरी भएको छ । जीबन बीमा र ब्यापार सूचकमा ८ प्रतिशत धेरैको बढोत्तरी आउँदा लघुवित्त ४.४३ प्रतिशत, निर्जीबन बीमा ३.९३ र अन्यको सूचक ३.७८ प्रतिशतले बढेको छ ।

  • नेपाल लाइफको उच्च कारोबार

आजको बजारमा नेपाल लाइफको उच्च कारोबार भएको छ । कम्पनीको ३ लाख ३९ हजार २६४ कित्ता शेयर ७४ करोड ३९ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।

यसैगरी पुनर्बीमा कम्पनीको ४६ करोड १५ लाख, नेशनल लाइफको ४२ करोड १ लाख, नबिल बैंक ३२ करोड ७९ लाख र शिखर इन्स्योरेन्सको २४ करोड ८० लाखको शेयर कारोबार भएको छ । एनआईसी एशिया, शिवम् सिमेन्ट, एनटिसी, कृषि विकास बैंक, र हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको हिमालयन डिष्टिलरीको साढे १६ करोडको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-12-14 15:00:00
NLIC 743,999,668.00 2,238.00
NRIC 461,533,804.00 1,651.00
NLICL 420,100,438.00 1,092.00
NABIL 327,906,859.00 1,227.00
SICL 248,090,932.00 1,866.00
NICA 223,504,525.00 667.00
SHIVM 194,545,775.00 1,372.00
NTC 178,515,194.00 1,209.00
ADBL 173,431,323.00 535.00
HDL 165,292,964.00 4,398.00
  • पन्ध्र कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढ्यो

आजको बजारमा १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

प्राइम लाइफ, ग्लोबल आईएमई लघुवित्त, नारणणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ, स्वाभिमान लघुवित्त, नेशनल माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, शिखर इन्स्योरेन्स, समीट लघुवित्त, लक्ष्मी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेशनल लाइफ, महिला सहयात्रा लघुवित्त, साल्ट ट्रेडिङ्ग र मिथिला लघुवित्तको शेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2020-12-14 15:00:00
PLIC 858.00 78.00 10.00
GILB 1,629.00 148.00 9.99
NABBC 529.00 48.00 9.98
NLIC 2,238.00 203.00 9.98
SMFBS 1,268.00 115.00 9.97
NMFBS 2,009.00 182.00 9.96
MSLB 1,082.00 98.00 9.96
SICL 1,866.00 169.00 9.96
SMB 1,072.00 97.00 9.95
LLBS 1,570.00 142.00 9.94
  • लिबर्टी इनर्जीको लगानीकर्ताले गुमाए

आजको बजारबाट लिबर्टी इनर्जी कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले गुमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य पनि ४.९५ प्रतिशतले घटेको छ ।

माउन्टेन हाइड्रोपावर, कृषि विकास बैंक, रिडी हाइड्रोपावर, हिमालयन उर्जा, रसुवागढी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, कर्णाली विकास बैंक र चिलिमे जलविद्युत कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-14 15:00:00
LEC 228.00 -14.00 -5.79
UNL 19,200.00 -1,000.00 -4.95
MHNL 201.00 -8.00 -3.83
ADBL 535.00 -17.00 -3.08
RHPC 156.00 -4.00 -2.50
HURJA 206.00 -5.00 -2.37
RHPL 294.00 -7.00 -2.33
HDHPC 136.00 -3.00 -2.16
KRBL 138.00 -3.00 -2.13
CHCL 558.00 -12.00 -2.11

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७७, सोमबार  १५ : ५२ बजे