प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको साधारण शेयर ( आईपीओ) मा पहिलो दिनमा नै तीन लाख बढीले करिब १ अर्बको शेयर माग गरेका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साँझ ६ बजेसम्ममा ३ लाख १२ हजार वटा आवेदन मार्फत ९६ करोड ११ हजार रुपैयाँ बराबरको ९६ लाख ११ हजार कित्ता शेयर माग भएको हो ।
कम्पनीले सर्वसाधारणमा ५४ लाख कित्ता शेयर निष्काशन गरेकोमा पहिलो दिनमा नै १.७८ गुणा धेरैको माग परेको छ भने पहिलो दिन साँझ ६ बजेसम्ममा नै तीन लाख बढीको आवेदन पर्नुले यस निष्काशनमा आईपीओ आवेदन ९ लाख भन्दा धेरै हुने निश्चित भएको छ ।
कम्पनीले कुल ६० लाख कित्ता शेयर निष्काशन गरेकोमा ३ लाख कित्ता सामूहिक लागनीकोषहरु र अर्को ३ लाख कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।
प्रभु लाइफको आईपीओ भर्नु अघि जान्नुहोस् कम्पनीको विस्तृत विवरण
कम्पनीले जारी गरेको आईपीओमा इच्छुक लगानीकर्ताले पुस २ गते भित्र आवेदन दिइसक्नुपर्ने व्यवस्था छ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयहरु तथा मेरो शेयरको मोबाइल एप र वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन् ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
जारी पूँजी २ अर्ब रहेको कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गरेका हो। हाल संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ भने संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया