नेप्सेमा साढे २० लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता शेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार रिडी हाइड्रोपावर कम्पनीले अघिल्लो आव २०७५/७६ बाट वितरण गरेको चुक्ता पूँजी ५३ करोड १९ लाखको ५ प्रतिशत बराबरको २ लाख ६५ हजार ५५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद शेयर सूचीकरण भएको हो ।

फाइनान्सले जारी गरेको २०० प्रतिशत हकप्रद शेयरमा अवितरित भई लिलामी मार्फत बिक्री गरिएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै दुबै कम्पनीका शेयरधनीले आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार  १२ : ४३ बजे