उपसमुहगत परिसूचकमा खेल्न थाले लगानीकर्ता, बीमा ब्यापार पछि मंगलबार लघुवित्तको पालो

0
Shares

शेयर बजार परिसूचक नेप्से घटेर कारोबार रकममा समेत संकुचित बनेको मंगलबारको बजारमा लगानीकर्ताहरु लघुवित्त कम्पनीको शेयरतर्फ मोडिएका छन् ।

सोमबार बीमा र ब्यापार उपसमूहमा सूचीकृत शेयर उच्च आकर्षण बढ्दा बढ्दो मूल्यमा शेयर उठाएका लगानीकर्ताहरुले मंगलबार लगानीको पहिलोको रोजाइ लघुवित्तलाई बनाएका छन् । जसका कारण मंगलबार उच्च शेयरमूल्य बढ्ने दश कम्पनीको सूचीभित्र आठ लघुवित्त छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र समस्याग्रस्त संस्थाबाट भर्खरै मुक्ता भएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा पनि उच्च बढोत्तरी आएको छ ।

हरेक दिन फरक फरक उपसमुहगत समुहमा सूचीकृत कम्पनीहरुको शेयरमा आकर्षण भई मूल्य बढ्न थालेपछि लगानीकर्ताको अनुमान फेल खान थालेको छ । यसले पुराना कारोबारीहरु नै अलमलमा पर्ने अवस्था आएको छ भने नवप्रवेशी लगानीकर्ताहरुलाई स्क्रिप्ट छनौटमा नै कठिनाई हुन थालेको छ । ‘यो सेक्टर बढ्न सक्छ भन्ने आंकलन गरेर सोही समूहका कम्पनीबो शेयरमा लगानी गर्यो भोलिपल्ट अर्कै बढ्छ ।’ पुतलीसडकमा भेटिएका लगानीकर्ता बेदनाथ खनालले भने । पछिल्लो समय बजार वृद्धिमा स्क्रिप्ट छनौट र्था कठिन हुँदै गएको उनको ठम्याई छ ।

हकप्रदको लोभमा यस्तै नारायणी डेभलपमेन्ट बैंक जस्तो खराब बैंकको शेयरमूल्यमा छैटौं कारोबार दिन समेत सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । ५ दिनमा मात्रै बैंकको शेयरमूल्य २८१ रुपैयाँले बढेको छ । खराब कम्पनीको शेयर उच्च मूल्यमा किन्दा लामो समयसम्म प्रतिफल नपाउने जोखिम एकातिर छदैँछ भने अर्कोतिर शेयरमूल्यमा घट्दा हुने जोखिम पनि उत्तिकै बढेको छ ।

आज कारोबारमा आएको १२ उपसमुहका सूचकमध्ये ३ बाहेक बाँकी ९ वटाको इन्डेक्स ऋणात्मक बनेका छन् । लघुवित्त १.८६ प्रतिशतले बढेको बजारमा जीबन बीमा र बैंकिङ्गको सूचक पनि सामान्य रुपमा सकारात्मक बनेका छन् । आज उत्पादन र ब्यापार २ प्रतिशत धेरै, होटल, विकास बैंक, जलविद्युत, अन्य १ प्रतिशतले घट्दा निर्जीबन बीमा, वित्त, र म्युचुअल फण्डको सूचक पनि सामान्य घटेको छ ।

बजार खुलेदेखि नै सूचकमा दबाबमा रहेको नेप्से केही स्म्हालिन खोजेपनि अल्पकालीन लगानीकर्ताको प्रोफिट बुकिङ्गले उच्च बिक्री चापका कारण अन्त्यमा ५.७५ अंक ऋणात्मक भएर बन्द भएको छ ।

आज २०५ कम्पनीका ९७ लाख ७५ हजार ५४७ कित्ता शेयर ४७ हजार ७६९ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६८७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिन सोमबारको तुलनामा १ अर्ब १३ करोड ४८ लाख रुपैयाँ थोरै हो ।

  • नेपाल लाइफमा उच्च कारोबार

मंगलबार नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ लाख २९ हजार ८२ कित्तत्ता शेयर ५२ करोड ३८ लाख २६ हजार रुपैयाँमा खरीद बिक्री भएको हो ।

दोस्रो ठूलो कारोबार भएको पुनर्बीमा कम्पनीको ३६ करोड ८ लाखको शेयर कारोबारमा आउँदा नेपाल बैंक २२ करोड ६३ लाख, नेशनल लाइफ २० करोड ४० लाख, र नबिल बैंकको २० करोडको कारोबार भएको छ ।

एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स,शिवम् सिमेन्ट, एनटिसी, र हिमालयन डिष्टिलरीको १५ करोड धेरै रुपैयाँ बराबरको शेयर कारोबारमा आएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-15 15:00:00
NLIC 523,826,756.00 2,265.00
NRIC 360,827,480.00 1,627.00
NBL 226,396,434.00 417.00
NLICL 204,015,081.00 1,089.00
NABIL 200,111,684.00 1,240.00
NICA 191,974,002.00 672.00
SICL 191,176,604.00 1,800.00
SHIVM 172,065,546.00 1,325.00
NTC 165,242,211.00 1,180.00
HDL 154,079,683.00 4,280.00
  • यी हुन् उच्च शेयरमूल्य बढ्ने कम्पनी

आजको बजारमा उन्नति सहकार्य लघुवित्त, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेशनल माईक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

यसैगरी सूर्योदय लघुवित्त, नेपाल इन्भेष्टमेन्ट बैंक, फरवार्ड लघुवित्त र आरएमडिसी लघुवित्तको पनि शेयरमूल्य बढेको छ । यी कम्पनीको पनि साढे पाँच प्रतिशतभन्दा बढीले बढोत्तरी भएको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-15 15:00:00
USLB 1,377.00 125.00 9.98
MSLB 1,190.00 108.00 9.98
GLBSL 893.00 81.00 9.98
GILB 1,791.00 162.00 9.94
NABBC 581.00 52.00 9.83
NMFBS 2,200.00 191.00 9.51
SLBS 1,235.00 85.00 7.39
NIB 531.00 34.00 6.84
FOWAD 2,240.00 140.00 6.67
RMDC 1,005.00 53.00 5.57
  • तीन कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घट्यो

आजको बजारमा मल्टिपर्पस फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ ।
यसैगरी सनराइज फस्ट म्युचुअल फण्ड, नेपाल हाइड्रो डेभलोपर कम्पनी, शिखर इन्स्योरेन्स, दीब्यश्वरी हाइड्रोपावर, लक्ष्मी बैंक, शिवम् सिमेन्ट, र विशाल बजार कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशत बढीले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-15 15:00:00
MPFL 160.00 -8.00 -4.76
SINDU 159.00 -7.00 -4.22
RBCLPO 14,311.00 -618.00 -4.14
SFMF 10.09 -0.41 -3.90
NHDL 228.00 -9.00 -3.80
SICL 1,800.00 -66.00 -3.54
DHPL 111.00 -4.00 -3.48
LBL 278.00 -10.00 -3.47
SHIVM 1,325.00 -47.00 -3.43
BBC 2,800.00 -99.00 -3.41

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलबार  १५ : २१ बजे