काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरले रेमिट्यान्स भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंकको खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट समेत रकम प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
यो नयाँ साझेदारीले पैसा पठाउनको लाग एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्ने बताएको नियो मनी ट्रान्सफरले अनौपचारक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । “यस साझेदारीले इजी रेममटको ठूलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्स् भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
“इजी रेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो,“ नियो मनी ट्रान्सफर सिईओ सागर खनालले भने, “हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ, र यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ ।”












प्रतिक्रिया