माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्स प्रालि बीच सम्झौता

0
Shares

माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमुभर्स प्रालिका ग्राहकहरुले जेसिबी ब्रान्डका हेभि इक्युपमेन्ट खरिदमा  माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एमएडब्लु अर्थमुभर्स प्रालिको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल तथा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार  बैंकले देशभर रहेका शाखा कार्यालयहरु मार्फत र एमएडब्लु अर्थमुभर्स प्रालिका देशभर रहेका डिलरबाट जेसिबी ब्रान्डका नयाँ हेभि इक्युपमेन्ट खरीद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको छ । बैंकले पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हालसम्म १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएस मेसिन मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।