अब आठ वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी

0
Shares

नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये १८ बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश घोषणा गर्दा ८ वटा बैंकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा हुन बाँकी रहेको छ ।

मंगलबारसम्म १८ बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गर्न बाँकी बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), मेगा बैंक र सिभिल बैंक रहेका छन् ।

लाभांश घोषणा गरेका बैंकमध्ये एनआईसी एशिया र हिमालयन बैंकले २० प्रतिशत लाभांश वितरण गरेका छन् भने हालसम्म सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Sector- Commercial Banks Stock Symbol Bonus Cash Total
Himalayan Bank Limited HBL 14.00 6.00 20.00
NIC Asia Bank Ltd. NICA 19.00 1.00 20.00
Global IME Bank Limited GBIME 14.00 2.00 16.00
Bank of Kathmandu Ltd. BOKL 13.00 3.00 16.00
Agriculture Development Bank  ADBL 15.00 0.79 15.79
Siddhartha Bank Limited SBL 12.00 3.00 15.00
Kumari Bank Limited KBL 10.85 3.15 14.00
Sanima Bank Limited SANIMA 10.00 3.60 13.60
Standard Chartered Bank Limited SCB 7.00 4.84 11.84
Laxmi Bank Limited LBL 9.00 2.50 11.50
Citizen Bank International Limited CZBIL 8.00 3.00 11.00
Machhapuchhre Bank Limited MBL 7.30 3.37 10.67
Everest Bank Limited EBL 5.00 5.53 10.53
Prabhu Bank Limited PRVU 10.00 0.53 10.53
Nepal SBI Bank Limited SBI 6.00 3.47 9.47
Nepal Bangladesh Bank Limited NBB 6.00 2.42 8.42
Sunrise Bank Limited SRBL 5.80 2.48 8.28
Century Commercial Bank Ltd. CCBL 5.25 2.25 7.50

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।