मंगलबार लघुवित्त कम्पनीहरुको शेयरको उच्च माग भएर शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र आठ कम्पनी लघुवित्त समेटिँदा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३३ लघुवित्त कम्पनीहरुको लाभांश घोषणा हुन अझै बाँकी देखिएको छ ।
लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा अघिल्लो आवबाट सबैभन्दा धेरै (८५ प्रतिशत) लाभांश वितरण गरेको नेशनल माइक्रोफाइनान्स सहित अन्य ३२ कम्पनी रहेका छन् ।
- हेर्नुहोस् यी हुन् लाभांश घोषणा गर्न बाँकी लघुवित्त
हालसम्म १६ लघुवित्त कम्पनीहरुले गत आव २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा धेरै ३० प्रतिशत लाभांश सहिहत वोमी माइक्रोफाइनान्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।
यसैगरी छिमेक र ग्लोबल आईएमई लघुवित्त क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा आरएसडिसी र मिर्मिरे लघुवित्तले समान १२.६३ प्रतिशतको प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् ।
फस्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तले साधारण सभा सम्पन्न गरिसक्दा मर्जर प्रकृयामा रहेको समता लघुवित्तले पुस ५ गते शेयर दाखिला खारेजी र पुस १४ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । अन्य लघुवित्तले लाभांश घोषणा गरेपनि बुुकक्लोज मिति भने तोकिसकेका छैनन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया