एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा १० प्रतिशत छुट


काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा १० प्रतिशत छुट पाउने भएका छन् । विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले इन हाउस प्याथोलोजी, वाउटसोर्सिङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, जर्नरल बेड चार्ज, आइसियू/सर्जरी चार्ज सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

अस्पतालसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।