काठमाडौँ । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात् जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफर मार्फ सहजै रकम पठाउन सकिनेछ ।
साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै, नियो मनि ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ ।
जेआरएफसँगको साझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, ‘जेआरएफ रेमिटसँग मिलेर हामीले अझ राम्रो रेमिट्यान्स सेवा प्रदान गर्न सक्नेछौँ । हाम्रो संयुक्त प्रयासले रकमको लेनदेनलाई अझ छिटो र भरपर्दो बनाउनेछ । साथै यसरी औपचारिक माध्यमको प्रयोगलाई बढवा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’
नियो मनि ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थिती बलियो बनाउँदै लगेको छ ।












प्रतिक्रिया