प्रभु लाइफको आईपीओ भर्ने अन्तिम दिन, ३ दिनमा ९ लाखले गरे आवेदन

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गते देखि सर्वसाधारणमा जारी गरेको प्राथमिक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले एक सय रुपैयाँं अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामुहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधराणमा निष्काशन गरेको हो ।

प्रभु लाइफको आईपीओ भर्नु अघि जान्नुहोस् कम्पनीको विस्तृत विवरण

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ पछि २ अर्ब पुग्नेछ ।

आइपीओ निष्काशन बन्द छिटोमा पौष २ गते र ढिलोमा पौष १३ गते हुनेछ । जसमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँ देखि ५००० कित्ता अर्थात ५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिन्छ । तर, १० कित्ताकादरले बाँडफाँड गरिने नीति भएकाले १० कित्ता नै भर्दा उपयुक्त देखिन्छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा नै करिब ९ लाख आवेदकबाट साढे २ अर्बको शेयर माग गरेका छन् । तीन दिनभित्रै करिब ९ लाख वटा आईपीओमा आवेदन पर्दै यस कम्पनीमा नयाँ रेकर्ड समेत बनेको छ ।

आईपीओमा नयाँ रेकर्डः प्रभु लाइफमा तीन दिनमा ९ लाख वटा आवेदन

कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।