नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि शेयर कारोबार खुला भएको माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा दोस्रो कारोबार दिन बिहीबर पनि सकारात्मक सर्किट लागेको छ ।
दोस्रो बजारमा भर्खरै कारोबार खुलेकाले न्यून आपूर्ति तथा कम्पनीको शेयरको माग उच्च मागका कारण कम्पनीको शेयर खरीद गर्न लगानीकर्ता लालायित भएका हुन् ।
बिहीबार कम्पनीको १६७ वटा कारोबारमा नै सकारात्मक सर्किट लागेको हो । बिहीबार कारोबार समयमा नै ५ प्रतिशत हाराहारीमा बढेको कम्पनीको शेयरमूल्य कारोबारको डेढ घण्टामा समेत नेप्सेको मार्केट डेप्थमा उच्च माग देखिएको छ ।
बिहीबार १२ः३० माउन्टेन इनर्जी नेपालको शेयर खरीदका लागि सर्किट मूल्यमा नै २४८ वटा अर्डर मार्फत ७० हजार ३४४ कित्ता माग देखिएको छ । कम्पनीको शेयर खरीदका लागि कुल ७९ हजार ९९० कित्ताको माग देखिएको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया