मंसिरमा घटेको सुन पुस लागेपछि बढ्न थाल्यो

0
Shares

मंसिर अन्तिम साता स्थीर रहेर समान्य घटेको सुनको भाउ पुस यता बढ्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएकोमा बिहीबार थप ४०० रुपैयाँले महङ्गिएको हो । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २५५ रुपैयाँ निर्धारण गरिएको छ ।

पुस महिनाको १ गते बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ, तेजावी सुन ९२ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो । चाँदी बुधबार ३० रुपैयाँले बढेर कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।