नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बाँडफाँड, सिद्धार्थ बैंकले १८ हजार १५० कित्ता मात्र पायो

0
Shares

नेशनल माइक्रोफाइनान्सको लिलामी बिक्रीमा ल्याइएको १ लाख ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड भएको छ । लघुवित्तले बिहीबार क्यापिटलको कार्यालयमा भर्खरै शिलबन्दी बोलपत्र खुला गरेको हो ।

लघुवित्तको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार उक्त लिलामी शेयरको कटअफ मूल्य ७२७ रुपैयाँ कायम भएको छ । बोलपत्रमा कुल १२ वटा आवेदन मार्फत १ लाख ९६ हजार कित्ता शेयर माग भएको थियो। जसमा न्यूनतम ७२५ रुपैयाँदेखि अधिकतम ८०१ रुपैयाँसम्मको आवेदन परेको थियो।

कम्पनीले मंसिर १७ गते देखि पुस १ गतेसम्म गोर्खाज फाइनान्स कम्पनीको स्वामित्वमा रहेको १ लाख ४ हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ७२५ रुपैयाँ वा भन्दा बढी मूल्यमा उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनसक्ने व्यवस्था थियो।

कम्पनीले यसअघि असोज २ गतेबाट कात्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता बिक्री खुला गरेको थियो। सो बेला ६ हजार कित्ता मात्र बिक्री भएकाले बाँकी शेयर पुन लिलामी बिक्रीमा ल्याइएको हो ।

  • कसले कति रुपैयाँमा भरे शिलबन्दी बोलपत्र
  1. आलोक अग्रवाल २५०० कित्ता ८०१ रुपैयाँ
  2. आशिष राज पाण्डे ३००० कित्ता ७५५ रुपैयाँ
  3. आलोक अग्रवाल २५०० कित्ता ७५१ रुपैयाँ
  4. गौरी श्रेष्ठ २००० कित्ता ७५१ रुपैयाँ
  5. बिनु श्रेष्ठ ५००० हजार कित्ता ७५१ रुपैयाँ
  6. सुरुची मित्ताल १३५० कित्ता ७३१.१० रुपैयाँ
  7. राष्ट्रिय वाणिज्य बैंक ६८ हजार कित्ता ७३० रुपैयाँ
  8. निस्जी सेक्युरिटीज प्राली १५०० कित्ता ७३० रुपैयाँ
  9. सिद्धार्थ बैंक लिमिटेड १ लाख ४ हजार कित्ता ७२७ रुपैयाँ
  10. उषा धनावत १३५० कित्ता ७२६.१० रुपैयाँ
  11. गौरी श्रेष्ठ ७००० कित्ता ७२६ रुपैयाँ
  12. संविदा रेग्मी १००० कित्ता ७२५ रुपैयाँ

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरबाट लघुवित्त कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । सिद्धार्थ बैंकले १८ हजार १५० कित्ता शेयर पाएको छ । ७२७ रुपैयाँभन्दा कम मूल्यमा उषा धनावत, गौरी श्रेष्ठ र संविदा रेग्मीको ९ हजार ३० कित्ता शेयरका लागि आवेदन गरेकाले उनीहरुले पनि शेयर पाउन सकेनन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।