कोरोना बीमा बापत एक अर्ब १९ करोड भुक्तानी

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले हालसम्म कोरोना बीमा वापत एक अर्ब भन्दा बढी भुक्तानी गरेका छन् ।

बीमा समितिले बिहीबार उपलब्ध गराएको तथ्थ्याङ्क अनुसार पुस १ गतेसम्म निर्जीबन बीमा कम्पनीहरुले एक अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका हुन् ।

समितिले उपलब्ध गराएको सो तथ्यांक अनुसार २३ हजार ५६ वटा दाबी परेकोमध्ये १२ हजार १९३ वटा अर्थात ५२.८८ प्रतिशत दाबी भुक्तानी भएको हो ।

तथ्यांक अनुसार दाबीका लागि चाहिने आवश्यक कागजात नपुगेका १ हजार ५७१ वटा दाबीका केश सम्बन्धीत निर्जीबन बीमा कम्पनीमा नै फिर्ता पठाइएको छ । २ हजार १११ वटा स्वीकृतिका लागि प्रकृयामा रहेका छन् ।

कोरोना दाबीका लागि परेको आवेदनमध्ये २ हजार ५५४ वटा फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेको छ भने १ हजार ११ वटा फाइल थप अध्ययनका लागि पठाइने तयारीम रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ५० वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ भने ३ हजार ५६६ वटा फाइल अध्ययनको प्रकृयामा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।