नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् ।

हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।

आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । सिमित समयका लागि मात्र लागू रहने विशेष सुविधा बैंकका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार  १६ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।