धितोपत्र बजारमा यस साता २ करोड १८ लाख कित्ता शेयर थपियो

0
Shares

धितोपत्र बजारमा यस साता चार कम्पनीका २ करोड १८ लाख ९२ हजार ४७८ कित्ता शेयर थपिएको छ । स्टकका अनुसार दुई कम्पनीको बोनस शेयर, एक कम्पनीको हकप्रद र एक कम्पनीको आईपीओ सहित नयाँ सूचीकरण भएको हो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकरण भएको छ । जसमध्ये कम्पनीले १९ लाख ६८ हजार २० कित्ता स्थानीय बासिन्दाका लागि र सोही परिमाण बराबरको शेयर सर्वसाधारणमा जारी गरेको थियो ।

यसैगरी समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद शेयर, रिडी हाइड्रोपावरको २ लाख ६५ हजार ५५९ कित्ता बोनस र जनउत्थान सामुदायिक लघुवित्तको १ लाख ५८ हजार ४०० कित्ता बोनस शेयर सूचीकरण भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।