अपि पावर कम्पनी लिमिटेडले पुस ६ गते सोमबारदेखि १३ लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले हकप्रदमा अवितरित १३ लाख ४६ हजार २१८ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । सो कम्पनीमा न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ वा सो भन्दा बढी तोकेर शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले पुस १३ गतेसम्म बैंकिङ्ग समय भित्र गोप्य शिलबन्दी पेश गर्न सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले जनाएको छ ।
लिलामीको शेयरमा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी १० ले भागजाने गरी वा सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।
कम्पनीले कार्तिक १४ गते शुक्रबारदेखि मंसिर ४ गतेसम्म चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको विद्यमान १ कित्ता साधारण शेयर बराबर ०.४७६१९ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जसमध्ये ४३ लाख २३ हजार ७८२ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया