शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत बोनस बाँड्ने

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न २२५ औं बैठकले बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख रुपैयाँको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले ३९ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथम बैंकको बाह्रौं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव तथा पुर्णिमा विकास बैंकलाई २०७६ असोाज २७ गतेदेखि १०० बराबर ९५ अनुपातमा प्राप्ती गरेर एकीकृत कारोबार थालेको थियो । यसअनुसार एकिकृत कारोबारभन्दा पहिला शेयर धारण गर्ने शेयरधनीले बोनसमा लाग्ने कर छुट पाउनेछन् भने एकिकृत कारोबारभन्दा पछि शेयर खरीद गर्ने लगानीकर्ताले भने बोनसमा लाग्ने कर आफैँ तिर्नुपर्ने बैंकले जनाएको छ ।

बोनस वितरणपछि शाइन रेसुङ्गाको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।