ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स लगायत १० कम्पनी कालोसूचीमा


काठमाडौं । सरकारले १० कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चित्त बुझ्दो काम नगर्ने १० कम्पनीलाई कालो सूचीमा राखेको हो । सरकारले सन्तोषजनक काम नगरेको भन्दै कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौंलाई कालोसूचीमा राखेको छ ।

यस्तै , कालोसूचीमा परेका कम्पनीहरुमा होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ, रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर।एस। बिल्डर्स सप्लायर्स बाँके छन् ।

यस्तै, सरकारले छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जे।एम।सी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं लाई पनिकालोसूचीमा राखेको जानकारी दिएको छ ।

यस्तै सिताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  ०९ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।