अब एउटै इसेवा एपबाट व्यक्तिगत र व्यावसायिक खाता सजिलै व्यवस्थापन गर्नसकिने


काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा विजनेस लिङ्क सुविधा सार्वजनिक गरेको छ। यस स्विफ्ट एकाउन्ट स्विच फिचर सहितको सुविधा मार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाताहरु एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्नेछन्।

सबै व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको आर्थिक कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ल्याइएको यो नयाँ सुविधा डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कदम मानिएको छ। आधुनिक समयमा धेरै वित्तीय खाताहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै, इसेवा विजनेस लिङ्क ले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ। यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एपहरू परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ।

इसेवा विजनेस लिङ्कले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरूलाई एउटै एपबाट व्यवस्थापन गर्न सहज बनाउँछ। यसले तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन र तत्काल बिना कुनै शुल्क विथड्रल को सुविधा दिँदै दैनिक कारोबारको हिसाबकिताब राख्न मद्दत गर्छ। साथै, यसले उत्कृष्ट डिजिटल भुक्तानी अनुभव प्रदान गर्छ र विजनेस क्युआर भुक्तानीहरूलाई सरल बनाउँछ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।