सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था


काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौँस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट-क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।