हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।
कम्पनीको गत पुस ३० गते सम्पन्न सातौ साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब छ । शतप्रतिशत हकप्रदपछि चुक्ता पूँजी २२ अर्ब पुग्ने छ । कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
प्रतिक्रिया