विजय लघुवित्त वित्तीय संस्था (VLBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त सञ्चालक समितिको ५ गते आइतबार सम्पन्न सञ्चालक समितिको १२४ औँ बैठकले लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लभांश गरी कुल २० प्रतिशत लाभांश बितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया