प्रि-ओपनिङ्गमा सोमबार ४२ कम्पनीको कारोबार हुँदा २६ को घट्यो, नेप्से साढे १६ अंक तल

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । नेप्से १६.५८ अंकले घटेर १ हजार ९१९.०५ बिन्दुमा झरेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ४२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २६ कम्पनीको शेयरमूल्य घटेकोे छ भने १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४२ कम्पनीका १३ हजार ८०६ कित्ता शेयर ७८ लाख ४८ हजार ११२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

पछिल्लो शुक्रबार अर्थ मन्त्रीले शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाउन निर्देशन दिएपनि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी चुनाावको मिति तोकपछि राजनैतिक तरङ्गका कारण आइतबार नेप्से करिब ९७ अंकले घटेको थियो। सोमबारको प्रि ओपन सेसनमा पनि सो प्रभाव कायमै देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।