लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्त सञ्चालक समितिको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको १२८ औं बैठकले आव २०७६।७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार लघुवित्त कम्पनीले १५ प्रतिशत बोनस बराबरको ४ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस र २ करोड २७ लाख ३ हजार ४२१ रुपैयाँ नगद गरी कुल ६ करोड ४४ लाख ४८ हजार ४२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
अघिल्लो आव २०७५/७६ बाट लघुवित्तले कर सहित २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया