माउन्टेन हाइड्रो नेपाल (MHNL) ले आगामी साधारण सभा मार्फत ७ सदस्यीय नयाँ सञ्चालक समिति चयन गर्ने भएको छ ।
सञ्चालक समितिको पुस ४ गते सम्पन्न बैंकले पुस २७ गते सोमबार बिहान ११ बजे कालिमाटी ब्याङ्वेटमा आह्वान गरेको साधारण सभामा उक्त प्रस्ताव राखिएको छ ।
कम्पनीले एकैपटक दुई आर्थिक वर्ष (चौथो तथा पाँचौ) को वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको हो । कोरोना संक्रमणका कारण कम्पनीले भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गर्दैछ ।
सभामा वर्तमान सञ्चालक समितिको कार्यकाल पूरा भएकाले कम्पनी ऐन अनुसार शेयरधनीहरु मध्ये संस्थापक समुहबाट १ जना महिला सहित ४ जना र सर्वसाधारण समुहबाट २ जना तथा एक स्वतन्त्र सञ्चालकको निर्वाचन गरिने कार्यतालिका छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया