‘कट अफ डेट’ टुंग्याउन नसक्दा लाभकर गणना विधिमा उत्पन्न विवाद निष्कर्ष विहिन

0
Shares

शेयर कारोबारको पूँजीगत लाभकर गणना विधि र प्रक्रियामा उत्पन्न समस्या समाधान गर्न सोमबार बसेको सरोकारवालहरुको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे,नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएससी र धितोपत्र बोर्डका अधिकारी सहभागि भएको बैठक ठोस निर्णय बिना सकिएको छ । तर, बैठकले यस बिषयमा मंगलबार महालेखापरीक्षकको कार्यालय र आन्तरिक राजश्व विभागसँग समेत छलफल गर्ने भएको छ ।

भारित औषत लागतको गणनमा गर्दा कट अफ डेट (लागत निर्धारण समय ) कहिलेबाट गर्ने भन्ने बिषय झन बिवादीत बनेको छ । धितोपत्र बजारका नियमनकारी निकायले असार मसान्तलाई आधार मान्नु पर्ने धारण राखिरहदा लगानीकर्ताले भने उत्तर कुमार खत्रीको संयोजकत्वमा गठित पूँजी बजारक अध्ययन समितिले तयार गरेको रिपोर्ट अनुसार २०७२ पुस मसान्तलाई कट अफ डेट राख्नुपर्ने माग राखदै आएका छन् । कट अफ डेट टुंग्याउन नसक्दा लाभकर गणना बारे उत्पन्न विवाद साम्य हुन सकेन ।

भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससी र ब्रोकरले सूचना जारी गरेसँगै लगानीकर्ता आन्दोलनमा छन् ।