श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता तिर्न बैंकमा जम्मा गर्यो २५ करोड

0
Shares

श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता रकम तिर्न उद्योगको बैंक खातामा २५ करोड रुपैयाँ जम्मा गरिसकेको जनाएको छ ।

उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागी पौष ३ गते र ५ गते गरी २५ करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ उद्योगको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ ।

उद्योगले पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० र पुस ५ गते ८ करोड ८५ लाख ५७ हजार ५ सय १९ जम्मा गरेको हो । उद्योगले जम्मा गरेको रकम किसानहरुको खातामा जम्मा भई रहेको पनि कम्पनीले जनाएको छ ।

साथै बांकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भूक्तानी गर्दै जाने उद्योगले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १५ : १५ बजे