काठमाडौँ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रालिको सयुक्त आयोजनामा भाद्र १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुन गइरहेकोे छ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन् ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहनेछ ।
आयोजकका अनुसार, विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरि मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलिकरण गर्ने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुँदैछ ।
विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।












प्रतिक्रिया