आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ग्राण्डि हस्पिटलमा बिषेश छुट


काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटल बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

यस सम्झौता बमेजिम इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ । सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा राखिएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।