कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणमा आफू सक्रिय रूपमा लागेको बताएका छन् ।
पोखरा–९ दरबारथोकस्थित चण्डी मन्दिरको बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रमुख आचार्यले पर्यटकीय नगरी पोखरामा बसपार्क नहुँदा विदेशी पर्यटकमाझ नराम्रो सन्देश गएकाले बसपार्क छिट्टै निर्माण गरिने बताए। लामो समयदेखि बसपार्क क्षेत्रमा बस्दै आएका ४ सय सुकुम्बासीलाई अन्यत्र व्यवस्थापन गरी उक्त स्थानमा बसपार्क निर्माण गरिने उनले उल्लेख गरे । बसपार्कका लागि छुट्याइएको १ सय ४८ रोपनी जग्गामा बस्दै आएका वास्तविक सुकुम्बासीको लगत निकाल्ने काम भइरहेको प्रमुख आचार्यले जानकारी दिए।
“पोखराका सडकमा दमकल छिर्न सक्नेगरी फराकिलो बनाउने अभियान चाँडै चाल्छौँ”, उननले भने । साँघुरा सडकका कारण यातायातका साधन चलाउन पोखरा असुरक्षित बन्दै गएकामा उनले चिन्ता व्यक्त गरेकन छन् ।
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ऐतिहासिक महत्वको चण्डी मन्दिरको बृहत्तर विकासका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गगरेका छन्।












प्रतिक्रिया