साना किसान विकास लघुवित्त (SKBBL) ले पुस २८ गते मंगलबार १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
लघुवित्तको पुस ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले संस्थाको रजिष्टर्ड कार्यालय सुबिधानगर तिनकुने काठमाडौँमा बिहान ११ बजे डाकेको हो । लघुवित्तले विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सर्तक भई भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने भएको छ ।
लघुवित्तले २०७६/०७७ मा कारोबार भएको मुनाफा मध्यबाट शेयरधनीहरुलाई २५ प्रतिशतले बोनस शेयर र १.३१५७ प्रतिशत नगत लाभांश प्रदान गर्ने लगाएतका प्रस्ताब पारीत गर्नेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुस १६ गते बिहीबारदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १५ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया