एशियन थाई फुड्सद्धारा ‘डेभिलको हट चिकेन नुडल्स’ सार्वजनिक


काठमाडौँ । पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स ‘डेभिलको हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ । यो भोलि सोमबारदेखि देशैभरी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो कम्पनीले ३० भन्दा बढी देशहरुमा नुडल्स निर्यात गर्छ । यो २५ वर्षदेखि समृद्ध इतिहास बोकेको कम्पनी हो ।
‘डेभिलको हट चिकेन नुडल्स’ मा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको छ । उच्च गुणस्तरको नुडल्सले तीव्र र बलियो स्वादसँग राम्रोसँग मेल खान्छ र एक अविस्मरणीय डेभिलीसिअस स्वादको अनुभव दिन्छ कम्पनीका निर्देशक आशिष जाजुले भने ।

निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा हालै संक्रमण गरी आइपिओको समेत तयारी भएको व्यवस्थापकीय निर्देशक महेश जाजुले बताए ।

प्रति प्याकेट ५० रुपैयाँमा उपलब्ध डेभिलको हट चिकेन नुडल्सको ५ व्याकेट प्याकेटको फ्यामिली प्याक २५० रुपैयाँमा पाइनेछ ।

डेभिलको हट चिकेन नुडल्स भाटभटेनी लगायत ठूला खुद्रा पसलहरुमा र दराज जस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरुमार्फत नेपालका सबै ठूला सहरहरुमा सजिलै उपलब्ध हुनेछ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।