कृषि विकास बैंकले पुस २९ गते आह्वान गर्योे साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

0
Shares

कृषि विकास बैंक (ADBL) ले पुस २९ गते, चौधौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको पुस ६ गते सम्पन्न बैंकको ८५५ औं सञ्चालक समितिको बैठकले केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे बैंकको चौधौँ वार्षिक साधारण सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावित १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

यसैगरी नेपाल सरकारको बैंकमा रहेको अविमोच्य असञ्चिति अग्राधिकार शेयर वापत चुक्ता पूँजीको ६ प्रतशित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै साधारण सभामा प्रबन्धपत्र तथा विनियमावली संसोधन,  लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७६।०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन,  लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने लगायतका अन्य एजेण्डाहरु समेत समावेश रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १५ गते बुधबारदेखि शेयर दाखिला खारेजी गर्ने मिति तोकेको छ । यस अनुसार पुस १४ गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकले प्रस्ताव गरेको लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।