निडिल समूहको सहयोगमा, निडिल अप्लायन्सेस प्रालिले काठमाडौंको “बेष्ट वेस्टर्न प्लस” होटलमा आफ्नो वार्षिक व्हिर्लपूल “साझेदार भेट २०२५” कार्यक्रम भव्यतापूर्वक आयोजना गर्यो। कार्यक्रममा नेपालभरबाट २०० भन्दा बढी साझेदारहरू सहभागी भएका थिए।
कार्यक्रम निडिल समूहका अध्यक्ष उद्धव अग्रवाल, जितेन्द्र श्रेष्ठ र प्रदेशका प्रमुख वितरकहरूका आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष अग्रवालले आफ्नो स्वागत मन्तव्य दिँदै – “हामीले साझेदारहरू हाम्रो व्यवसायको मेरुदण्ड हो भन्ने व्हिर्लपूलको विश्वव्यापी नीति र रणनीतिक दृष्टिकोण अनुसार हामी नेपाली बजारमा महत्वपूर्ण भूमिका खेलिरहेका छौं।”
त्यस्तै, श्री श्रेष्ठले नेपाली बजारको रणनीतिक महत्त्वलाई जोड दिँदै भने, “हामी नेपाली ग्राहकहरूको लागि उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं।”
निडिल अप्लायन्सेस नेपालमा सबैभन्दा ठूलो गृहोपकरण वितरण कम्पनी हो भने, व्हिर्लपूल अफ इण्डिया लिमिटेड एक अग्रणी अन्तर्राष्ट्रिय ब्रान्ड हो।
कार्यक्रमको अन्त्यमा मनोरञ्जन कार्यक्रम, सम्मान, र भाग्यमानी चिठा (लक्की ड्र) मार्फत अझ रोचक बनाइएको थियो। यस अवसरले नेपालभरका साझेदारहरूलाई अझ बलियो सम्बन्धमा बाँध्ने महत्वपूर्ण कदमका रूपमा कार्य गरेको छ।












प्रतिक्रिया